गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो « Khabarhub

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेङ्गी सङ्क्रिमत नभेटिएका केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले बताउनुभयो । अङ्ग्रेजी महिना जुलाई लागेयता सङ्क्रमितको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । सो महिनामा मात्र ३९७ जनामा डेङ्गी पुष्टि भएको थियो । अगष्ट लागेपछि २१९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले जानकारी दिए। अधिकांश डेङ्गी सङ्क्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेका उनको भनाइ छ ।

बागलुङ नगरपालिकामा ३५९ र पोखरा महानगरपालिकामा २१३ जनामा सङ्क्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गी सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको बताए । समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गी सङ्क्रमण थप बढ्ने उनको भनाइ छ ।

डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताए। डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उनले बताए सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उत्तम उपाय भएका चिकित्सक बताउँछन् ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ । असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ ।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले लामो बाहुला भएको लुगा लगाउने, काम नपररी बाहिर नजानेलगायत उपाय अपनाउन सकिने प्रमुख शर्माले बताए। चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने भएकाले आवश्यक सचेतना अपनाउन उनले सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ८ : २८ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले