मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३:२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापाको बिहान ५:११ बजे र पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी ३४ वर्षीय सागर रेग्मीको बिहान ४:५२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ९ : ३८ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर