भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न बिक्स शिखर सम्मेलन र त्यस क्रममा भारतीय प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिबीच भएको द्विपक्षीय वार्तालाई सकारात्मक भन्दै नेपालले यसबाट रणनीतिक लाभ लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले दुई ठूला छिमेकी भारत र चीनको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्ने पुरानो अल्पदृष्टिकोण त्याग्नुपर्ने उल्लेख गरेका छन् । “हामीले हिजोको भारत र चीन बीचको दूरीमा खेलेर आफ्नो क्षणिक सत्तास्वार्थ पूर्ति गर्न खोज्ने र अन्ततः देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाइराख्ने हाम्रा शासकहरूको गल्तीबाट सिक्नैपर्छ,” उनले भनेका छन् ।

नेपालजस्तो लामो सङ्क्रमणकालबाट गुज्रिरहेको अति कम विकसित देशले अब कुनै द्विविधामा नरही छिमेकीहरूको नयाँ समीकरणबाट अधिकतम लाभ लिने ढङ्गले अघि बढ्नुपर्ने भट्टराईको भनाइ छ । चिनियाँ राष्ट्रपतिले दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई अघि बढाउने व्यक्त गरेको प्रतिबद्धता र भारतको अगुवाइमा पारित १४० बुँदे घोषणापत्रले बहुआयामिक दिशाबोध गरेको उनले टिप्पणी गरे ।

चीन र भारतबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्य (कमपिटिटिभ कोअपरेसन) को लाभ उठाउन कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र ‘शान्ति राष्ट्र’ मा रूपान्तरण गर्ने कार्यको योजनाबद्ध सुरुआत गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । यसबारे बेलैमा ध्यान पुर्‍याउन उनले वर्तमान नेतृत्वलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ११ : ०४ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,