अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो  « Khabarhub

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन् । 

छापामाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ ।

कार्यदलले छापामाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीका तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडी र प्रतिनिधिले छापामाध्यमको वर्तमान अवस्था, आर्थिक सङ्कट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले आफूहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं लोककल्याणकारीका पक्षमा रहेको स्पष्ट गरे ।
 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ३ : ४७ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न