प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल « Khabarhub

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताए । 

उनले भने, ‘जिल्लाअनुसार मौखिक र लिखित फाराम दिएर सुझाव सङ्कलन गर्दैछौँ । प्राप्त सुझावलाई प्राथमिकतामा राखेर कामको गति अगाडि बढाउने योजना छ ।’

तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको बताए । 

नयाँ पाठ्यक्रम कसरी बनाउने के भइदिएको भए हुने थियो ? भन्ने विषयमा सुझाव माग्दा सीपमा आधारित शिक्षा हुनुपर्ने सुझाव आएको उनले बताए। स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताए ।

मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा भगवान् ठाकुरको टोलीले मन्त्री पोखरेललाई प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सरह, विश्वविद्यालय अनुदान आयोगलगायत अन्य निकायसँग सहयोग समन्वय तथा एकीकृत प्रवेश परीक्षा र प्रदेशमा खोलिने कृषि कलेजलाई यसै विश्वविद्यालयअन्तर्गत समावेश गर्न ज्ञापनपत्र बुझाएका थिए ।
 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ५ : ५९ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको