रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी « Khabarhub

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले निरन्तर कूटनीतिक सक्रिया देखाएको छ ।

अमेरिका र इजरायली आक्रमणको डटेर प्रतिरोध गरेको इरानले आइतबार आफ्ना सहयोगी देशहरू रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूसँग वार्ता गरेको हो ।

इरानी विदेश मन्त्री अब्बा अराघ्चीले आफूलाई सक्रिय बनाएर राखेको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताइएको छ।

बीबीसी फारसीका अनुसार इरानको सरकारी समाचार संस्था आईआरएनएले बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन, बहुपक्षीय कूटनीति सुदृढीकरण तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको जनाएको छ।

इरान र रुसबीच निकट सम्बन्ध रहेको मानिन्छ। दुवै देशले सिरिया, क्षेत्रीय सुरक्षा तथा ऊर्जा लगायतका विषयमा सहकार्य गर्दै आएका छन्।

चीन इरानको प्रमुख आर्थिक साझेदार हो। चीनले इरानबाट तेल आयात गर्नुका साथै त्यहाँ पूर्वाधारलगायत विभिन्न परियोजनामा लगानी गर्दै आएको छ।

इरान र इजिप्टबीच लामो समय सम्बन्ध सीमित रहे पनि पछिल्ला वर्षमा दुवै देशले सम्बन्ध सुधारका लागि प्रयास गर्दै आएका छन्।

इन्डोनेसिया र इरानबीच सामान्यतः सकारात्मक सम्बन्ध छ। इन्डोनेसियाले मध्यपूर्वको राजनीतिमा प्रायः सन्तुलित दृष्टिकोण अपनाउँदै आएको छ।

इरान र कजाखस्तानबीचको सम्बन्ध मुख्यतः व्यापार, यातायात तथा क्षेत्रीय सम्पर्कमा केन्द्रित छ। अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोरजस्ता परियोजना दुवै देशका लागि महत्त्वपूर्ण मानिन्छन्।

होर्मुज स्ट्रेट खोल्न नयाँ अडान, अलग्गै बैठक

उता इरानले सोमबार ओमानमा अर्को बैठक राखेको छ। सोमबार हुने बैठकको मुख्य एजेन्डा होर्मुज स्ट्रेट हुँदै नयाँ समुद्री मार्ग सञ्चालन गर्ने विषयमा सहमति जुटाउनु रहेको बताइएको छ।

इरानले फारसको खाडी र ओमान सागरसँग जोडिएका देशका विदेशमन्त्री सहभागी हुने बैठकमा सोमबार सहभागिता जनाउने जनाएको छ। आठ देश सहभागी हुने बैठक ओमानको सलालाह सहरमा आयोजना हुँदैछ।

बीबीसी फारसीका अनुसार विदेशमन्त्री अराघ्चीले अल-अरबी अल-जदीदसँग कुरा गर्दै ओमानसँग भएको सम्झौताको विवरण तथा नयाँ समुद्री मार्गसँग सम्बन्धित नक्सा बैठकमा सहभागी देशलाई उपलब्ध गराउने बताएका छन्।

तर उनले ओमानसँग भएको सम्झौता कुनै पनि हिसाबले होर्मुज स्ट्रेट खोल्नेसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्। होर्मुज स्ट्रेट खोल्न इरानको सर्त अमेरिकाले इस्लामाबाद समझदारीपत्रअन्तर्गत आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने अडान राखिएको बताएका छन् ।

इरानी समाचार संस्था तस्निमले एक स्रोतलाई उद्धृत गर्दै होर्मुज स्ट्रेट पूर्ण रूपमा नखुल्ने सम्भावना रहेको जनाएको छ। तर इरान–ओमान सम्झौताले यसको पुनः सञ्चालनका लागि बाटो तयार गर्न सक्ने जनाइएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शुक्रबार ओमानसँग होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजका लागि सुरक्षित मार्ग निर्धारण गर्ने विषयमा भएको वार्ताका परिणाममाथि बैठकमा छलफल हुने बताएका थिए।

यस बैठकलाई लिएर क्षेत्रीयस्तरमा चासो बढेको छ। बहराइनको विदेश मन्त्रालयले इरान सहभागी हुने कुनै पनि बैठकमा आफू सहभागी नहुने घोषणा गरेको छ।

यस्तै, रिपोर्टहरूका अनुसार संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री पनि बैठकमा सहभागी नहुने भएका छन्। उनको स्थानमा यूएईले कनिष्ठ तहका अधिकारीलाई ओमान पठाउन सक्ने बताइएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ६ : १८ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा