पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह « Khabarhub

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन् ।

व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आइतबार ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा उनले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्दै युवासहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल–बङ्गलादेशबिच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको लगनशीलताबाट प्राप्त हुने बताउँदै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर क्रियाशील रहन आग्रह गरे।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ९ : ०७ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न