चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग « Khabarhub

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ ।

दसैँजस्ता ठूला चाडपर्वमा आर्थिक अभावका कारण खुसी साट्न समेत कठिन हुने अति विपन्न सदा (मुसहर) समुदायलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले दसैँ खर्च उपलब्ध गराएको हो ।

नगरपालिकाले स्थानीय सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगरभित्र स्थायी बसोबास गर्ने २२८ मुसहर परिवारलाई दसैँ खर्च उपलब्ध गराएको हो ।

नगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये मुसहर समुदायलाई लक्षित गरी यस्तो कार्यक्रम पहिलोपटक सञ्चालन गरेको दाबी गरेको छ । ‘चौदण्डीगढी नगरपालिकाको सदा समुदायलाई दसैँ खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार अति विपन्न परिवारलाई चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशनी देवी कार्कीले जानकारी दिइन् ।

चौदण्डीगढी नगरपालिका–५ का १०० परिवार, वडा नम्बर ९ का ४४ परिवार र वडा नम्बर १० का २३ परिवारलाई रकम हस्तान्तरण गरिएको हो । वडा नम्बर २ का ६१ मुसहर परिवारलाई रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । यसअनुसार नगरपालिकाले कूल २२८ परिवारलाई ६ लाख ८४ हजार वितरण गर्नेछ ।

रकम हस्तान्तरण गर्दै नगरप्रमुख कालुमान लामाले मुसहर समुदायको आर्थिक अवस्था र चाडपर्व मनाउने परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए । दसैँ खर्च प्राप्त गरेपछि मुसहर समुदायका सदस्यले खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी श्यामकुमारी सदाले नगरपालिकाको सहयोगले आफूहरू निकै हर्षित भएको बताए । सरिता सदाले प्राप्त रकमबाट बालबालिकाका लागि दसैँमा नयाँ कपडा किन्ने योजना सुनाए ।

नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालका अनुसार चौदण्डीगढीमा ५१५ महिला र ५०९ पुरुष गरी कूल एक हजार २४ जना सदा समुदायको जनसङ्ख्या छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १० : ०३ बजे

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप