‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’ « Khabarhub

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताइन् । 

मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएकी हुन् ।

उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै दुवै देशको साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु मुख्य लक्ष्य रहेको धारणा राखिन् ।

नेपाल र ओमानको निरन्तर सहकार्य रहेको श्रम गतिशीलता क्षेत्रमा निरन्तरता दिँदै यसलाई थप सुदृढ बनाउने उनले बताइन् ।

साथै उनले ओमानसँगको व्यापार र लगानी प्रवर्द्धन गर्न यो इन्टेन्शनल, सेलेक्टिभ र कमर्सियल्ली ग्राउन्डेड हुनुपर्ने र यसका लागि सम्भावित साझेदारहरू पहिचान गरी बजार बुझ्न सहजीकरण गर्ने उल्लेख गरिन् । 

उनले स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारीप्रतिको सम्मान र मापनयोग्य उपलब्धि हासिल गर्ने प्रतिबद्धताका साथ काम गर्ने धारणा राखिन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  २ : २६ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई