कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा « Khabarhub

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन गरिरहेका विपक्षी दलका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।

युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गर्दै आएका छन् । यद्यपि, निर्वाचन आयोगले भने अनियमितता भएको आरोप अस्वीकार गर्दै आएको छ ।

दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई केही दिनदेखि पहेँलो धातुका बारले घेरेर बन्द गरिएको थियो भने ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

तर, मङ्गलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ । त्यसपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।

सिजेपीले आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताएका छन् ।

दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो । दशकौँदेखि विरोध प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले यसअघि पनि आन्दोलन गरेको थियो । उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाड्नुपरेको थियो ।

यसैबीच, प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँदिल्लीमा आयोजित व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ बताएका छन्। उनले देशमा विभिन्न विषयमा खुला बहस हुने र फरक दृष्टिकोणमाथि छलफल गरिने उल्लेख गरे। तर, उनले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गरेनन्।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १ : ३८ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण