काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले अर्धशतक बनाएका हुन् । चौथोक्रममा ब्याटिङ गरेका रोहित ६७ बलमा ६१ रन बनाएर आउट भएका छन् । उनको पारीमा तीन चौका र एक छक्का समेटिएको थियो ।
अघिल्लो खेलमा शतक बनाएका रोहित दोस्रो खेलमा अर्धशतक बनाएर आउट भएका हुन् ।
४५ ओभरको खेलको समाप्तिमा नेपालले पाँच विकेटको क्षतिमा २१२ रन बनाएको छ । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र सन्दीप जोरा छन् । आज गुल्सन झाको ठाउँमा सन्दीप जोराले अवसर पाएका हुन् ।
सुरुमा ब्याटिङ गरेको नेपालका लागि अर्जुन कुमालले ४०, इशान पाण्डे र बसिर अहमेदले समान ३७/३७ रन बनाउँदा आशिफ शेख चार रनमा आउट भएका थिए ।














प्रतिक्रिया