अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना « Khabarhub

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्।

हुलाक सेवा विभागद्वारा आयोजित आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारेका छन्।

मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

मन्त्री तिमिल्सिनाले भने, ‘अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन, यसको सेवामा परिवर्तन हुँदै आएकाले नेपालमा पनि हुलाकलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोत सम्पन्न र दूरदराजका जनतासम्म सेवा पुर्याउने कार्यमा सहयोग गर्न सरकार  लागिपरेको छ ।’

उनले विगतमा हुलाकका गतिविधि, कमीकमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन मतहतका कर्मचारीको विशेष पहल आवश्यक रहेको बताए।

मन्त्री तिमिल्सिनाले बजेट अभाव, साधनस्रोत कमी र कार्यसम्पादनमा जटिलता देखाएर कुनै पनि कर्मचारी आफ्नो अधिकार र कर्तव्यबाट नपन्छिन निर्देशन दिए । 

हुलाकको सेवालाई छिटोछरितो र गुणस्तरीय बनाउनेमा विभाग मातहतका सबै निकाय र कर्मचारीको सकारात्मक सोच र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।

सरकारले हुलाकमा गरेको लगानीको पूर्ण सदुपयोग गर्न कर्मचारीतन्त्रले सकारात्मक सोच र प्रतिवद्धताका कार्यसम्पादन गर्नुपर्ने उनले धारणा व्यक्त गरे।

उहाँले वर्तमान सरकारले  सुशासनमा जोड दिएकाले कार्यसम्पादनका सिलसिलामा देखिएका कुनै पनि समस्याको समाधानका लागि खाका लिएर आए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

हुलाक सेवामा रहेको सवारीसाधनसम्बन्धी  समस्या हटाउन एक सय थान मोटरसाइकल खरिद प्रक्रिया सुरु भएको जानकारी दिँदै मन्त्री डा तिमिल्सनाले अतिरिक्त हुलाकका कर्मचारीको सुविधा समयानुकूल बनाउने सन्दर्भमा मन्त्रालय सकारात्मक रहेको बताए।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले हुलाक सेवाको कामलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी तुल्याउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी छिटो र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औँल्याए। 

उनले हुलाक सेवामा नीतिगत सुधार र प्रचारप्रसार आवश्यक रहेको जनाउँदै अतिरिक्त हुलाकका कर्मचारीको सेवासुविधा बढाउनेतर्फ सरकार सकारात्मक रहेको जानकारी दिए ।

विभागका महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारीलाई व्यवस्थित र द्रुतगतिमा अगाडि बढाएको बताए।

एक सय ५२औँ विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ठ कार्यसम्पादन गरेको भनी घोषणा गरिएका गोरखा, सल्यान, म्याग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरू सम्मानित भएका छन् । कार्यक्रममा हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  २ : ४३ बजे

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा