काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्याप गीत ‘तान्त्रिक’ सार्वजनिक भएको छ । रेग्मीकै स्वर, शब्द र संगीत रहेको उक्त गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो ।
अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले गीतमार्फत सनातनी पद्धति र तन्त्रका विविध रहस्यमय पक्षलाई उजागर गर्ने प्रयास गरेका छन् । कलात्मक ढङ्गले तयार पारिएको भिडियोमा तान्त्रिक गतिविधि, १० महाविद्या, श्मशान, कापालिक साधना, मसान वीर र मारण विद्याजस्ता विषयवस्तु दृश्य तथा भावका रूपमा समेटिएका छन् ।
भिडियो ‘गेट हिल्ड विथ आयुष’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार तथा मानसिक-शारीरिक सन्तुलनसम्बन्धी सेवा प्रदान गर्दै आएका रेग्मीले हालसम्म चार हजारभन्दा बढी मानिसलाई परामर्श दिइसकेको दाबी गरेका छन् ।














प्रतिक्रिया