खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ « Khabarhub

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई इङ्गित गर्दै कडा टिप्पणी गरेका छन् ।

मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफ्नो पार्टीका कुनै सांसदले त्यस्तो अभिव्यक्ति दिएको भए कडा कारबाही गर्ने टिप्पणी गरेका हुन् ।

उनले त्यस्तो अभिव्यक्ति दिने सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर प्रहरीको जिम्मा लगाउने समेत बताए ।

उनले लेखेका छन्, ‘यदि मेरो सांसदले त्यो खाले अभिव्यक्ति दिएको भए श्रमदाता भेला गरेर जुत्ताको माला लगाएर सहर डुलाएर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी प्रहरीलाई सुम्पिदिने थिएँ ।’

यसअघि सोमबार सांसद सुनारको विवादित अडियो संवाद सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

अडियोमा उनले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारेर अश्लिल भिडियो बनाउँदै ब्ल्याकमेल गर्दै ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिएको सुनिन्छ ।

अडियोमा सांसद सुनारले महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए मार्ने, घरमा आगो लगाउने, बलात्कार गर्ने र ‘मारेर रगत खाने’ धम्की दिएको सुन्न सकिन्छ ।

सुनारले भने आफूमाथि लागेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल मार्फत् उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताए ।

सुनारले आफू र काल्पनिक महिलाबीचको संवाद भन्दै अडियो सार्वजनिक गरिएको उल्लेख गर्दै त्यस्ता प्रचार एआईलगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन् । आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ३८ बजे

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो