राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुछ: उपसभापति चौधरी « Khabarhub

राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुछ: उपसभापति चौधरी


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीको गौरवशाली राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

चौधरीले युवाका सपना, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर समयको मागअनुरूपको सशक्त, गतिशील र जनउत्तरदायी कांग्रेस निर्माण गर्नु आजको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

समुन्नत नेपाल निर्माणको राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै उनले भनेका छन्, “आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु ।”

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ५७ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०