टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण « Khabarhub

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ ।

त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

उनका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्रगतिको फाइबर इन्टरनेट सेवा लिएका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा सञ्चालनमा छ । जिल्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि टेलिकमको केन्द्रीय कार्यालयसँग पहल भइरहेको प्रमुख पुजाराले बताए ।

टेलिफोन टावर निर्माण नहुँदा गुठीचौर गाउँपालिका–१ स्थित निपानी र तातोपानी गाउँपालिका–८ का ग्रामीण भेगका गाउँबस्तीका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएको उनको भनाइ छ ।

जिल्लामा २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवासहितका टावरबाट सञ्चार सेवा प्रवाह भइरहेको छ । पछिल्लो समय टेलिकमले जिल्लामा २४ वटा टावर विस्तार गरेको छ । 

त्यसमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाभित्र पाँच, गुठीचौरमा चार, हिमामा तीन, कनकासुन्दरीमा तीन, पातारासीमा दुई, सिञ्जामा दुई, तातोपानीमा दुई र तिलामा तीनवटा टावर विस्तार गरिएको प्रमुख पुजाराले जानकारी दिए।

पछिल्ला महिनामा ग्रामीण भेगसम्म टेलिकमले टावर विस्तारको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कलाई थप सुदृढीकरण गरी गाउँ बस्तीमा सञ्चार सेवा पुर्‍याउने उद्देश्यका साथ टावर विस्तारलाई विशेष जोड दिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले जनाएको छ । 
 
उक्त कार्यालय आफ्नो कार्यक्षेत्र जुम्लासहित कालीकोट र मुगुमा समेत टावर विस्तार गरेको छ । नेपाल टेलिकमका अनुसार कालीकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ४३ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा