पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ।
पोखरामा आयोजित ‘शिक्षा संवाद–भाग २ (गण्डकी प्रदेश छलफल)’ मा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन-प्याब्सनका महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी थिए ।
कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य, नीतिगत स्पष्टता र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयमा छलफल भएको थियो।
मन्त्रालयले शिक्षा क्षेत्रका शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तह तथा अन्य सरोकारवालाका सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीको आवश्यकता र कक्षाकोठाको वास्तविकतालाई सम्बोधन गर्ने शिक्षा ऐन निर्माणमा जोड दिएको छ।
यस्ता संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया