किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा « Khabarhub

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई  तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । 

ललितपुरको  किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान ‘पिङ्क अक्टोबर’ का सन्दर्भमा तीन हप्ताका लागि उक्त सेवा घोषणा गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले जानकारी दिए ।

बिरामीले असोज २६ देखि कात्तिक १४ सम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन् । आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका बिरामीलाई लक्षित गरी उक्त सेवा प्रदान गर्न लागिएको हो ।  

निर्देशक डा थापाले ‘प्यालिएटिभ केयर’ सेवाको मुख्य उद्देश्य बिरामीको पीडा कम गर्नु, जीवनको गुणस्तर सुधार गर्नु तथा बिरामी र तिनका परिवारलाई आवश्यक साथ र सहयोग प्रदान गर्नु रहेको बताए।

काठमाडौँ, २७ असोजस् किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई  तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । 

ललितपुरको  किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान ‘पिङ्क अक्टोबर’ का सन्दर्भमा तीन हप्ताका लागि उक्त सेवा घोषणा गरिएको अस्पताका प्रबन्ध निर्देशक डा अभिषेक थापाले जानकारी दिए।

बिरामीले असोज २६ देखि कात्तिक १४ सम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन् । आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका बिरामीलाई लक्षित गरी उक्त सेवा प्रदान गर्न लागिएको हो ।  

निर्देशक डा थापाले ‘प्यालिएटिभ केयर’ सेवाको मुख्य उद्देश्य बिरामीको पीडा कम गर्नु, जीवनको गुणस्तर सुधार गर्नु तथा बिरामी र तिनका परिवारलाई आवश्यक साथ र सहयोग प्रदान गर्नु रहेको बताए।
 
प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ५३ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)