काठमाडौं– गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका छन्।
युनिक श्रेष्ठ, मिलन खत्री र अनुपम भण्डारीका आमाहरू सिंहदरबारको प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन्। उनीहरूले आफ्ना छोराहरू प्रहरी हिरासतमा रहेकाले उनीहरूको रिहाइको माग गर्दै धर्ना दिएका छन्।
हाल सिंहदरबारको प्रवेशद्वार अगाडि तीन जना आमा धर्नामा बसिरहेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया