दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान « Khabarhub

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ । काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देशक अधिकारीले आफूहरूले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए । 

टोलीले सात करोड बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ । उनले पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने बताए। 

‘सात करोड बराबरको क्षति भएको छ । पुनःनिर्माणमा बीस करोड लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो ।’ उपमहानिर्देशक अधिकारीले भने, “योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ ।’  उनले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनःनिर्माण थालनी गर्न सकिने बताए। “पानी सुकेपछि मात्रै सोयल टेष्ट हुने हो’, उनले भने, ‘त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ ।’

उनले बजेट व्यवस्थापन भए पुननिर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताए। अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको  प्राविधिक टोलीको भनाइ छ । 

झोलुङ्गे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चाँदनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन । यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ ।
 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : २३ बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित