ओमनविरुद्ध नेपालको सहज जित « Khabarhub

ओमनविरुद्ध नेपालको सहज जित


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय ६४ रनको लक्ष्य ओमनले ४० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो ।

ओमनका लागि विनायक शुक्लाले ७७ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ८३ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ओमनका जय ओडेद्राले ५७ बलमा २५ रन बनाए । शुक्ला र ओडेद्राको जोडीले सातौँ विकेटका लागि ११९ बलमा ८३ रनको पार्टनरसिप गरेको थियो ।

ओपनर जतिन्दर सिंहले १८ रन बनाउनुबाहेक ओमनका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा ललीत राजवंशी र करण केसीले समान एक विकेट लिए ।

यसअघि ओमनको अल अमारात मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक प्रहार गरेका थिए ।

सातौँ क्रममा क्रिजमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरे । १६ बलमा ४० रन प्रहार गरेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगे । उनले ४९ औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले हस्नैन अलीलाई लगातार छक्का प्रहार गरे ।

त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे । बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रन बनाए । बलिङतर्फ ओमनका शाह फैसल, करण सोनावाले, शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट झारे ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : १८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले