भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मङ्गलबार दिउँसो ४:३० बजे भैरहवाबाट धकधईतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह २६०० नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१–००६ प ९३०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–५ निवासी ४६ वर्षीया रितादेवी कहार घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले दिउँसो ४:४५ बजे मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय शिवकुमार कहार सामान्य घाइते भएका छन् ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र अटो चालक रूपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ४६ वर्षीय मुवारक ओलीलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।














प्रतिक्रिया