काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला केन्द्रीय सदस्यतर्फ सचिन तिमिल्सेना सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेका छन् ।
मतपरिणामअनुसार तिमिल्सेनाले ३ हजार १५६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका इन्जिनियर अभिषेक आत्रेयले २ हजार ८१४ र तेस्रो स्थानका सुशील भट्टले २ हजार ७६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, डा. आयुस बगालेले २ हजार ५७५, आदर्श मल्लले २ हजार ५६०, इन्जिनियर रोशन बस्नेतले २ हजार २७० र इन्जिनियर शैलेश मिश्रले २ हजार १३२ मत प्राप्त गरेका छन् ।
यसैगरी सौगात थापाले २ हजार १२, उषा सापकोटाले १ हजार ६७०, विजय गुरुङले १ हजार ४६२, मदनराज उपाध्यायले १ हजार ४४६, विनोदराज जोशीले १ हजार ३९६, भुपेन्द्रसिंह थेवेले १ हजार ३८२, श्यामराज ओझाले १ हजार ३६७ र यज्ञशिव राईले १ हजार ३६२ मत प्राप्त गरेका छन् ।
युवा खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाममा तिमिल्सेना सबैभन्दा अगाडि देखिएका छन् ।














प्रतिक्रिया