खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान « Khabarhub

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनि सार्वजनिक अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ ।

सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार ‘लिक’ भएको थियो । यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत अन्तरिक छानबिन थालेको छ ।

बिहीबार रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ । पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको रास्वपाले जनाएको छ ।

अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि आन्तरिक रूपमा बुझ्ने काम अघि बढाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिए ।

“हामीले पनि समाचार र समाजिक सञ्जालमार्फत नै अडियोबारे जानकारी पाएका हौँ । यसको बारे बुझ्ने काम भइरहेको छ । हामी हाम्रो तरिकाले बुझिराखेका छौँ,” डीआईजी काफ्लेले भने ।

पक्राउ गरेर अनुसन्धान गर्नका लागि भने पीडित महिलाको जाहेरी आवश्यक पर्ने काफ्लेले बताए । उनले भने, “हामीलाई महिलाले कुनै न कुनै रूपमा उजुरी दिनु नै पर्ने हुन्छ । आफैँ उपस्थित भएर वा अनलाइनमार्फत भए पनि उजुरी आवश्यक हुन्छ । महिलाले उजुरी नदिए हामी आफैँ अनुसन्धान गर्न मिल्दैन ।”

हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी भने दिएकी छैनन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : १३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।