समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम « Khabarhub

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

कुन सहकारीका कतिले पाए रकम फिर्ता ?

कृषि विकास  सहकारी (४ जना) 

गोरखा सहकारी (११ जना) 

आईडियल यमुना सहकारी  (६ जना) 

कान्तिपुर सहकारी  (८० जना) 

नेपाल वित्तीय  सहकारी (१२ जना)

ओरेन्टल सहकारी (३७ जना)

शिव शिखर सहकारी  (६२ जना)

पशुपति सहकारी (४ जना)

तपाईँ हाम्रो सहकारी (१० जना)

स्ट्यान्डर्ड सेभिङ सहकारी  (४ जना)

लालीगुराँस सहकारी (१३जना) 

गौतमश्री सहकारी (१ जना) 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।