चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त « Khabarhub

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

नवनियुक्त न्यायाधीशमध्ये डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १२ : ५२ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा