दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य « Khabarhub

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । टस हाेरेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै पाँच ६ विकेटको क्षतिमा १२५ रन बनाएको हो ।

टस जितेर पहिले बलिङ गरेको काठमाडौँविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । चार विकेट गएर मात्र आठ रन जोडेको अवस्थामा ब्याटिङ गर्न पुगेका दिपेन्द्रले सम्हालिएर प्रदर्शन गरेका हुन् ।

दीपेन्द्रले ५५ बलको सामना गर्दा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए ।

उसका लागि थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए भने आरिफ शेखले १६ रन जोडे । सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६, विनोद भण्डारी १ रनमा आउट हुँदा ब्रान्डम माकमुलेन र इशान पाण्डे शून्यमै आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न काठमाडौँका लागि जहानद खानले तीन विकेट हात पार्दा सन्तोष यादवले दुई विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।

सुदूरपश्चिमका लागि क्वालिफायर पुग्ने सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब छ। उसको यो समूह चणको अन्तिम खेल हो । आठ अङ्कसहित दोस्रो स्थानमा रहेको काठमाडौँले जित हात पारे शीर्ष दुईमा स्थान सुरक्षित गर्दै सोझै क्वालिफायरमा पुग्नेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  २ : ०९ बजे

भीमफेदी भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ – सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा