त्रिवि सुधारमा मन्त्रालय र विश्वविद्यालयको छलफल : सेमेस्टर प्रणाली र ई-एटेन्डेन्समा जोड « Khabarhub

त्रिवि सुधारमा मन्त्रालय र विश्वविद्यालयको छलफल : सेमेस्टर प्रणाली र ई-एटेन्डेन्समा जोड


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणाली व्यवस्थित बनाउन सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी थालिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिवि पदाधिकारीबीच शुक्रबार सिंहदरबारमा भएको छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण र परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको हो।

मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षाध्यक्ष प्राडा अन्जना सिंह, रजिस्ट्रार सहप्राडा रवीन्द्र शिवाकोटी, विभिन्न संकायका डीनहरू, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई सहभागी थिए।

छलफलमा त्रिविको संस्थागत छवि बलियो बनाउने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको छ। त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन र सम्बन्धन वितरणलाई मापदण्डमा आधारित बनाउने तथा उच्च शिक्षामा लगानी बढाउने विषयमा समेत छलफल भएको थियो।

शिक्षामन्त्रीका सल्लाहकार झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने र विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणाली लागू गर्नुपर्ने बताए। ‘सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्छ,’ झाले भने, ‘सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशाला अनिवार्य हुनुपर्छ।’ उनले अतिक्रमित त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

त्रिविका उपकुलपति प्राडा थापाले विश्वविद्यालयलाई ‘सेन्टर फर एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) का रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने उनको भनाइ थियो।

मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ३ : ०५ बजे

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका

त्रिवि सुधारमा मन्त्रालय र विश्वविद्यालयको छलफल : सेमेस्टर प्रणाली र ई-एटेन्डेन्समा जोड

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र

छठ पर्व : कात्तिक २९ र ३० गते दुवै दिन सार्वजनिक बिदा

काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालयले छठ पर्वका अवसरमा कात्तिक

भीमफेदी भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ – सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको