बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो « Khabarhub

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेको छ।

अलोन्सोले गत वर्ष जर्मन क्लब बायर लेभरकुजन छोडेर सान्तियागो बर्नाबेउमा मुख्य प्रशिक्षकका रुपमा काम थालेका थिए । सन् २०२६ सिजनको स्पेनिस सुपर कप फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएको एक दिनभित्रै क्लबले उनलाई हटाउने निर्णय गरेको हो ।

म्याड्रिडका अधिकारीले यो निर्णय दुवै पक्षको सहमति अनुसार भएको बताएका छन् । उनीहरूले अलोन्सोलाई भविष्यका लागि शुभकामना दिएका छन्।

क्लबको आधिकारिक बयानमा अलोन्सो सधैं रियल म्याड्रिड समर्थकको माया र सम्मानको पात्र रहने भनिएको छ। क्लबले उनको समर्पणको कदर गरेको छ।

अलन्सो बर्खास्तीपछि अबका लागि अल्भारो आर्बेलोआलाई पहिलो टोलीको प्रशिक्षक नियुक्त गरिएको छ। उनी हालसम्म कास्टिला (टीम बी) को प्रशिक्षक थिए । उनले क्लबको युवा संरचनामा लामो समय काम गरिसकेका छन्।

रियल म्याड्रिड अहिले ला लिगा र च्याम्पियन्स लिग दुवैमा दौडमा पछाडि छ । नयाँ प्रशिक्षकले आगामी खेलको तयारी गर्नेछन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २० बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण