‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली « Khabarhub

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा चलिरहेको बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस विशेष महाधिवेशनका क्रममा कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा भदौ २४ गते भएको विध्वंश र त्रासदीप्रतिका अभिव्यक्ति तथा दस्ताबेजमा देखिएको मौनताप्रति चिन्ता व्यक्त गरेका छन् ।

लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै कांग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् भन्ने कामना गरेका छन् ।

उनले समाजमा असन्तुष्टि रहेको स्वीकार गर्दै शान्तिपूर्ण प्रदर्शनलाई घुसपैठमार्फत हिंसात्मक बनाउने र त्यसलाई ‘जेनजी आन्दोलन’को नाममा जायज ठहर्‍याउने प्रयास खतरनाक भएको उल्लेख गरेका छन् । असन्तुष्टि हुनु स्वाभाविक भए पनि त्यसकै बहानामा विध्वंश र अराजकतालाई मान्यता दिन नहुने उनको भनाइ छ ।

उनले लेखेका छन्– ‘समाजमा असन्तुष्टिहरू हुन्छन् । आज पनि छन् । ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरूको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा संलग्नहरूलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरूका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘ अभियन्ता’हरू असन्तुष्ट छन् । तर यसको अर्थ अब यसै बहानामा पुनः सिंहदरबार जलाउनु उचित ठहरिन्छ ?’

ज्ञवालीले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई जायज ठहर्‍याउन थालियो भने कहाँ पुगिएला ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्– कतिपय नेताका अभिव्यक्ति र पेस गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गम्भीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंस र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– जेनजी युवाहरूसँग समाज, सत्ता र संस्थाहरूको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरूले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरूको नियन्त्रणमा नै ।’

ज्ञवालीले नेतृत्वका गल्तीको विरोध गर्ने नाममा लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिको आक्रमणलाई जायज ठहर्‍याउने बाटोमा नेपाली कांग्रेस नहिँडोस् भन्ने आग्रहसमेत गरेका छन् ।

उनले उक्त प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रूपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरुलाई पनि ‘जेन्जी आन्दोलनकारी‘  ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्‍याउने हो भने त्यस अपराधलाई वैधता दिएको ठहर्ने उल्लेख गरेका छन् ।

राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्ने उल्लेख गर्दै उनले गलत साधनबाट सही साध्यमा पुग्न नसकिने तर्क गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : २० बजे

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स

इन्धन राहतपछि जर्मनीको मूल्यवृद्धि दरमा कमी

एजेन्सी– जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौं– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको