सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त « Khabarhub

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको विशेष महाधिवेशन पक्षधर समूहले संस्थापनसँग सहमतिका लागि तीन बुँदे शर्त अघि सारेको छ।

भृकुटीमण्डपमा तीन दिनदेखि जारी विशेष महाधिवेशनका क्रममा मंगलबार बालुवाटारमा सुरूदभएको वार्तामा समूहले यी शर्त औपचारिक रूपमा प्रस्तुत गरेको हो।

बिहान ११ बजे सानेपामा बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठकअघि सहमतिको प्रयासस्वरूप वार्ता सुरू गरिएको हो।

विशेष महाधिवेशन पक्षधरको बटम लाइन :

पहिलो, विशेष महाधिवेशनको स्वामित्व संस्थापन पक्षले लिनुपर्ने।

दोस्रो, विशेष महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूलाई पार्टीको दीर्घकालीन पूँजीका रूपमा स्वीकार गर्नुपर्ने।

तेस्रो, सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने।

यदि राजीनामा दिन तयार नभए सक्रिय राजनीति छोडेको औपचारिक घोषणा गर्नुपर्ने। त्यो पनि सम्भव नभए अन्तिम विकल्पका रूपमा आगामी निर्वाचनमा टिकट वितरण गर्दा सभापतिले हस्ताक्षर नगर्ने निर्णय गर्नुपर्ने।

विशेष महाधिवेशन पक्षका एक शीर्ष नेताका अनुसार यी शर्तमा सहमति नजुटे पार्टीभित्र नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिनेछ। उनका अनुसार समूह अब सहमतिभन्दा संरचनागत निकासमा केन्द्रित छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनले नेतृत्व परिवर्तन र संगठन पुनर्संरचनालाई मुख्य एजेन्डा बनाएको छ। संस्थापन र विशेष महाधिवेशन पक्षबीचको वार्ता निर्णायक मोडमा पुगेको नेताहरूको भनाइ छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : २८ बजे

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति