प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ « Khabarhub

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा नजाने बताएकी छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा तीन दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबीच संस्थापन पक्षले मंगलबार दिउँसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

यस्तोमा विशेष महाधिवेशन पक्षधरहरूले सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकमा नजाने निर्णय गरेको केन्द्रीय सदस्यसमेत रहेकी गौतमले बताएकी छन् ।

‘आज वार्ता सफल भए उहाँहरू (संस्थापन पक्ष) महाधिवेशनको बन्दसत्रमा आउनु हुन्छ’, उनले भनिन्, ‘कुरा मिलेमा हामी पनि केन्द्रीय कार्यसमिति बैठकमा जान्छौं ।’

उनले यदि कुरा नमिलेमा विशेष महाधिवेशनले नयाँ नेतृत्वको प्रक्रिया अघि बढाउने बताइन् । ‘यदि कुरा नमिलेमा प्रक्रियामा अघि बढ्छ’, उनले भनिन्, ‘प्रक्रिया पूरा गरेर निर्वाचन आयोग जाने तयारी गरेका छौँ।’

यसअघि नै गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन्।

आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएसँगै दुवै पक्षबीच वार्ता हुँदैछ । शेरबहादुर देउवा, शेखर कोइराला र गगन-विश्व पक्षले वार्ता समिति बनाए पनि अझै संवाद भइसकेको छैन ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : ३४ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध