कांग्रेस विधान महाधिवेशनको बन्द सत्रमा ढिलाइ, त्रिपक्षीय वार्ताले केन्द्रीय समिति बैठक पनि सर्यो « Khabarhub

कांग्रेस विधान महाधिवेशनको बन्द सत्रमा ढिलाइ, त्रिपक्षीय वार्ताले केन्द्रीय समिति बैठक पनि सर्यो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान ८ बजेबाट सुरू हुने भनिएको नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र अझै सुरू हुन सकेको छैन।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाले बन्द सत्र प्रभावित भएको हो।

वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा ढिलोगरी महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।

नेतृत्व तहमा सहमति खोज्ने प्रयास जारी रहेकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो ।

उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ।

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।

विशेष महाधिवेशनस्थलमा प्रतिनिधिहरू बन्द सत्र सुरू हुने प्रतीक्षामा रहेका छन्। नेतृत्व तहको वार्ताबाट सहमति ननिस्किए विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन तयारी थालिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : ४४ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ