काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरू भएको छ । बन्दसत्रले निर्वाचन समिति गठन गरेको छ ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) अध्यक्ष सीताराम केसी संयोजकत्वमा निर्वाचन समिति बनेको हो ।
निर्वाचन समिति सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाको छ ।
वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको उपस्थितिमा बन्दसत्र सुरु भएको हो ।
उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।













प्रतिक्रिया