सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात « Khabarhub

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार उत्पादनमूलक उद्योगले औद्योगिक प्रयोजनका लागि मात्रै कच्चा पदार्थको रूपमा केराउ (एच.एस.कोड ०७१३.१०.१०), सुपारी (एच.एस.कोड ०८०२.८०.००), सेतो मरिच (एच.एस.कोड ०९०४.११.२०) र कालो मरिच (एच.एस.कोड ०९०४.११.३०) पैठारी गर्न पाउनेछन् ।

पैठारीका लागि अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको आवश्यकता, औचित्य र कच्चा पदार्थको उपलब्धताको प्राविधिक जाँचबुझ गर्नेछ । उद्योगले आयात गरेको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि मात्र सदुपयोग भएको सुनिश्चितता भएपछि र आवश्यक परिमाण यकिन भएपछि मात्र विभागले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पैठारीका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले नयाँ र पुराना दुवै किसिमका उद्योगका लागि निश्चित मापदण्डहरू तोकेको छ । जसमा नयाँ स्थापना भएका उद्योगले आयात गर्नको लागि उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र चालु आर्थिक वर्षको उत्पादन लक्ष्यको स्वघोषणा लगायतका विवरण आवश्यक पर्नेछ ।

साथै, सञ्चालनमा रहेका उद्योगले थप अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, उद्योगको सञ्चालन अवस्था र गत वर्ष आयात गरिएको कच्चा पदार्थको परिमाण तथा त्यसको उपयोगबाट भएको उत्पादन र बचतको विवरण समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीका अनुसार सो नयाँ सूचना लागू भएसँगै यसअघि २०८१ असोज ७ गते र २०८१ फागुन १ गते प्रकाशित गरिएका पुराना सूचनाहरू खारेज गरिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : २७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान