‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै « Khabarhub

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका शिवानी शिवाजी रोयका रूपमा दर्शकमाझ फर्किँदैछिन् । क्राइम–थ्रिलर फ्रेन्चाइज ‘मर्दानी ३’ को हालै सार्वजनिक ट्रेलरले फिल्म अझै गम्भीर, डर लाग्दो र भावनात्मक हुने संकेत गरेको छ ।

यस पटकको कथाले देशभर रहस्यमय रूपमा हराइरहेका किशोरीहरूको मुद्दालाई केन्द्रमा राखेको छ । न्यायका लागि कुनै पनि हद पार गर्न तयार निडर प्रहरीको रूपमा शिवानीको संघर्ष ट्रेलरभर देख्न सकिन्छ । कडा भिडन्त, तनावपूर्ण अनुसन्धान र भावनात्मक दृश्यहरूले फिल्मलाई थप प्रभावशाली बनाएको छ ।

अघिल्ला भागहरूमा मानव बेचबिखन र हिंसाजस्ता सामाजिक विषय उठाएको ‘मर्दानी’ सिरिजले यस पटक पनि समाजको संवेदनशील सत्यलाई पर्दामा उतारेको छ । महिला केन्द्रित थ्रिलरको रूपमा यो फ्रेन्चाइजले हिन्दी सिनेमामा छुट्टै पहिचान बनाइसकेको छ ।

फिल्मको निर्देशन अभिराज मिनावालाले गरेका हुन् भने आदित्य चोपडाको निर्माणमा यशराज फिल्म्सले निर्माण गरेको हो । निर्माताले फिल्मको रिलिज मिति अघि सार्दै जनवरी ३०, २०२६ मा सिनेमाघरमा ल्याउने घोषणा गरेका छन् ।

ट्रेलर सार्वजनिक भएसँगै रानी मुखर्जीको सशक्त अभिनय र गम्भीर कथावस्तुलाई लिएर दर्शकबीच उत्साह बढेको छ । सामाजिक सन्देश, कडा यथार्थ र दमदार अभिनयको संयोजनका कारण ‘मर्दानी ३’ २०२६ को प्रतिक्षित मनोरञ्जनात्मक फिल्ममध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : ५६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको