चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ  « Khabarhub

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नकपा) प्रवेश गरेका छन् । 

सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरुको उपस्थितिमा पार्टीमा स्वागत गरे । 

सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए । रोल्पा निवासी उनी राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् । 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी महासचिवसमेत रहेका विप्लव चुनाव लड्ने तयारीमा रहेका बेला सुवेदी नेकपामा प्रवेश गरेका हुन् । सुवेदीले निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका नेता एवंपूर्वअर्थमन्त्री वर्षमान पुनलाई सघाउन मुलघरमा फर्किएको बताए । 

पुनसँग चुनावी प्रतिस्पर्धामा नउत्रन आफूहरूले गरेको आग्रह अस्वीकार गरेको र जिल्लाको विकासका लागि पुनको जित आवश्यक रहेकाले आफूले विप्लवको साथ छाडेको सुवेदी बताउँछन् । 

‘उहाँहरू दुई जना एकै क्षेत्रबाट चुनाव लड्नु हुँदैन भन्ने हाम्रो आग्रह हो । विप्लव कमरेडलाई धेरै पटक आग्रह गर्दा पनि मान्नुभएन’, सुवेदीले भने, ‘जिल्लाको विकासका लागि विप्लवभन्दा अनन्त कमरेडको आवश्यकता छ भन्ने आम कार्यकर्ताको बुझाई भएकाले मूल घरमा फर्कने निधो गरेँ ।’ 

पार्टी प्रवेश कार्यक्रममा नेता पुनका साथै सुवेदीका पिता झक्कुप्रसाद पनि सहभागी थिए । ०७४ र ०७९ मा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन आगामी निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ३७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता