नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी « Khabarhub

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन् ।

विशेष महाधिवेशन पक्षधर र संस्थापनबीचको वार्ता विफल भएसँगै महाधिवेशन प्रतिनिधिहरूले तत्काल निर्वाचन कार्यक्रम ल्याउन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले आफूहरूलाई अलमल्याउन खोजिएको भन्दै निर्वाचनको माग गरेका छन् । 

पुसको २७ र २८ दुई दिनका लागि आयोजित विशेष महाधिवेशन लम्बिएको छ । मंगलबार बिहान शेरबहादुर देउवा, डा. शेखर कोइराला र महाधिवेशन पक्षधरबीच पहिलो चरणको वार्ता भएको थियो ।

तर वार्तामा सहमति हुन नसकेको खबर आएसँगै महाधिवेशनस्थलमा निर्वाचनबाट नेतृत्व छान्नु पर्ने मागसहित नाराबाजी भएको हो ।

सोमबार विशेष महाधिवेशनस्थलबाट कार्यविधि र राजनीतिक प्रस्ताव पारित गरिएको थियो । तर, कार्यविधिअनुसार पार्टीको केन्द्रीय समिति भंग गरेर नयाँ कार्यसमितिको निर्वाचन गर्नुपर्नेमा वार्ता प्रारम्भ भएपछि महाधिवेशन प्रतिनिधिले दबाब बढाएका हुन् ।

सोमबार दिउँसोदेखि साँझसम्म दुईपक्षबीचमा विभिन्न चरणमा अनौपचारिक वार्ता भएको थियो । मंगलबार तीनै पक्षले वार्ता समिति बनाएर संवाद थाले पनि कुरा मिल्न सकेन।

महाधिवेशन प्रतिनिधिहरूले ‘झुटो प्रचार मान्दैनौँ’, ‘नेपाली कांग्रेसले के भन्छ, नयाँ नेतृत्वले भन्छ’ जस्ता नारा लगाएका छन् । त्यसैगरी ‘विशेष महाधिवेशनले के भन्छ, नयाँ नेतृत्व ले भन्छ’ नारा पनि विशेष महाधिवेशनस्थलमा घन्किरहेको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : १५ बजे

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज