कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढेको छ।

सीताराम केसी नेतृत्वको निर्वाचन समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने गरी मंगलबार निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसी संयोजकत्वमा बसेको बैठकले निर्वाचन कार्यतालिका तय गरेको हो।

यो निर्वाचन नेपाली कांग्रेसको विधान २०७९ (संशोधनसहित), नियमावली २०८४ तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ बमोजिम सञ्चालन हुने केसीले बताएका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

प्रथम मतदाता नामावली प्रकाशन → बिहान १२:३० बजेदेखि

मतदाता नामावलीमा दाबी विरोध तथा छानबिन → १२:३० देखि १:३० बजेसम्म

अन्तिम मतदाता नामावली प्रकाशन → दिउँसो १४:०० बजे

उम्मेदवारी मनोनयन दर्ता → दिउँसो १४:०० देखि १५:०० बजेसम्म

उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार प्रथम नामावली प्रकाशन → दिउँसो १६:३० बजे

उम्मेदवारीमा दाबी विरोध → दिउँसो १:३० देखि ३:०० बजेसम्म

दाबी विरोधको छानबिन → अपराह्न १६:३० देखि १७:०० बजेसम्म

उम्मेदवारी मनोनयन फिर्ता → दिउँसो १७:३० देखि १९:०० बजेसम्म

अन्तिम उम्मेदवार नामावली प्रकाशन → राति २०:४५ बजे

मतदान सुरु → बिहान २१:०० देखि १:०० बजेसम्म (मिति २०८२ पुस ३० गते)

मतगणना तथा परिणाम घोषणा → मतदान समाप्त भएपछि तुरुन्त

निर्वाचन समितिले आवश्यकता अनुसार यो तालिकामा संशोधन गर्न सक्ने जनाएको छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया भृकुटीमण्डपमा हुने भएको छ।

यो निर्वाचनले नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरी पार्टीमा सुधार तथा एकताको सन्देश दिने अपेक्षा गरिएको छ। विशेष महाधिवेशनको यो चरणले पार्टीभित्रका विभिन्न पक्षबीचको बहसलाई पनि नयाँ मोड दिन सक्ने देखिन्छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : २७ बजे

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

टीकापुर– कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ