टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार « Khabarhub

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ भन्ने क्याम्पेनअन्तर्गत विजेता छनोट गरिएको हो ।

पहिलो चरणका विजेता दिवस लामिछाने रहेका कम्पनीले जनाएको छ । उनले सिजी डिजिटल काठमाडौँबाट माएडिया ब्रान्डको इलेक्ट्रिक केटल किनेर उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च माइडियाले नै व्यहोर्ने जानकारी दिएको छ।

यसै क्याम्पेनअन्तर्गत माइडियाले अन्य आकर्षक सुविधा तथा अफरहरू पनि उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार नागरिकताको आधारमा सरल ईएमआई सुविधा, पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज सुविधा, तथा वासिङ मेसिन खरिद गर्दा एरसएल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइएको छ।

अझै यस अभियानमा सहभागी हुन माइडियाको उत्पादन खरिद गरेका ग्राहकले मिडिया [स्पेस] वारेन्टी कार्ड नं [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ नम्बरमा एसएमएस पठाउनु पर्ने छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ४० बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर