टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार « Khabarhub

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ भन्ने क्याम्पेनअन्तर्गत विजेता छनोट गरिएको हो ।

पहिलो चरणका विजेता दिवस लामिछाने रहेका कम्पनीले जनाएको छ । उनले सिजी डिजिटल काठमाडौँबाट माएडिया ब्रान्डको इलेक्ट्रिक केटल किनेर उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च माइडियाले नै व्यहोर्ने जानकारी दिएको छ।

यसै क्याम्पेनअन्तर्गत माइडियाले अन्य आकर्षक सुविधा तथा अफरहरू पनि उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार नागरिकताको आधारमा सरल ईएमआई सुविधा, पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज सुविधा, तथा वासिङ मेसिन खरिद गर्दा एरसएल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइएको छ।

अझै यस अभियानमा सहभागी हुन माइडियाको उत्पादन खरिद गरेका ग्राहकले मिडिया [स्पेस] वारेन्टी कार्ड नं [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ नम्बरमा एसएमएस पठाउनु पर्ने छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ४० बजे

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम