पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने « Khabarhub

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति चयनतर्फ अघि बढेको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका मंगलबार दिउँसो सार्वजनिक गरेको छ।

महाधिवेशन प्रतिनिधिहरूले दबाब बढाउँदै लगेपछि निर्वाचन कार्यतालिका ल्याइएको हो ।

कांग्रेसको विधान महाधिवेशले पार्टीको पुरानै विधान अनुसार नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेको छ।

सोमबारको बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । तर, उक्त प्रस्ताव पारित भएको छैन ।

शर्माको प्रस्ताव अझै पनि विचाराधीन रहेकाले पुरानै विधानअनुसार १३३ सदस्यीय नयाँ केन्द्रीय सदस्यीय कार्यसमिति चयन गर्न लागिएको हो।

१३३ जना निर्वाचित हुँदा बाँकी ३३ जनालाई केन्द्रीय सदस्यलाई सभापतिले मनोनित गर्ने व्यवस्था कांग्रेसमा छ ।

सभापति पदका एकजना निकटतम् प्रतिद्वन्द्वीलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गरिँदा जम्मा १६७ सदस्यीय समिति हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ