पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने « Khabarhub

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति चयनतर्फ अघि बढेको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका मंगलबार दिउँसो सार्वजनिक गरेको छ।

महाधिवेशन प्रतिनिधिहरूले दबाब बढाउँदै लगेपछि निर्वाचन कार्यतालिका ल्याइएको हो ।

कांग्रेसको विधान महाधिवेशले पार्टीको पुरानै विधान अनुसार नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेको छ।

सोमबारको बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । तर, उक्त प्रस्ताव पारित भएको छैन ।

शर्माको प्रस्ताव अझै पनि विचाराधीन रहेकाले पुरानै विधानअनुसार १३३ सदस्यीय नयाँ केन्द्रीय सदस्यीय कार्यसमिति चयन गर्न लागिएको हो।

१३३ जना निर्वाचित हुँदा बाँकी ३३ जनालाई केन्द्रीय सदस्यलाई सभापतिले मनोनित गर्ने व्यवस्था कांग्रेसमा छ ।

सभापति पदका एकजना निकटतम् प्रतिद्वन्द्वीलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गरिँदा जम्मा १६७ सदस्यीय समिति हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ५५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने