पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता ! « Khabarhub

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।

संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो ।

सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाताका रुपमा रहेका महाधिवेशन प्रतिनिधिको नाम पनि सार्वजनिक गरिसकेको छ ।

मतदाता नामावलीको पहिलो नम्बरमा सभापति शेरबहादुर देउवाको नाम रहेको छ । त्यसैगरी मतदाता नामावलीको दोस्रो नम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम राखिएको छ ।

सभापति देउवाको मतदाता नामावली विवरण ७७००१००७०१००००३/१३-१४ रहेको छ । उता वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको मतदाता नामावली विवरण ४०८०११०१०४०००९४/१०-१४ रहेको छ।

पौडेलले २०७९ फागुन २८ गते राष्ट्रपति निर्वाचित भएसँगै कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर उनको राजीनामा केबल देखावटी मात्रै रहेको पुष्टि कांग्रेसको मतदाता नामावलीले गरेको छ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले कांग्रेसको सबै पदबाट राजीनामा बुझाएको बताइएको थियो ।

पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका थिए।

त्यसबेला पौडेल कांग्रेसको वरिष्ठ नेता पनि थिए । उता तेस्रो नम्बरमा उपसभापतिका रुपमा विमलेन्द्र निधिको नाम रहेको छ । उनको मतदाता नामावली विवरण २१७००११८०२००११९/१२-१४ रहेको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : २० बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा