काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।
संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो ।
सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाताका रुपमा रहेका महाधिवेशन प्रतिनिधिको नाम पनि सार्वजनिक गरिसकेको छ ।
मतदाता नामावलीको पहिलो नम्बरमा सभापति शेरबहादुर देउवाको नाम रहेको छ । त्यसैगरी मतदाता नामावलीको दोस्रो नम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम राखिएको छ ।
सभापति देउवाको मतदाता नामावली विवरण ७७००१००७०१००००३/१३-१४ रहेको छ । उता वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको मतदाता नामावली विवरण ४०८०११०१०४०००९४/१०-१४ रहेको छ।

पौडेलले २०७९ फागुन २८ गते राष्ट्रपति निर्वाचित भएसँगै कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर उनको राजीनामा केबल देखावटी मात्रै रहेको पुष्टि कांग्रेसको मतदाता नामावलीले गरेको छ।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले कांग्रेसको सबै पदबाट राजीनामा बुझाएको बताइएको थियो ।
पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका थिए।
त्यसबेला पौडेल कांग्रेसको वरिष्ठ नेता पनि थिए । उता तेस्रो नम्बरमा उपसभापतिका रुपमा विमलेन्द्र निधिको नाम रहेको छ । उनको मतदाता नामावली विवरण २१७००११८०२००११९/१२-१४ रहेको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।














प्रतिक्रिया