आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु « Khabarhub

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने पक्षमा आफूले मतदान गर्ने बताएकी छिन् । युरोपको रोमानिया र युक्रेनको बीचमा अवस्थित मुलुक मोल्दोभाका २४ लाखमध्ये अधिकांश जनसङ्ख्या रोमानियाली मूलका छन् ।

सन् १९१८ देखि १९४० सम्म यो मुलुक रोमानियाको भाग थियो । त्यसपछि सोभियत संघले मोल्दोभामा कब्जा गर्‍यो । सोभियत संघको पतन भएपछि सन् १९९१ मा मोल्दोभाले स्वतन्त्रता पाएको हो ।

आफ्नै बलबुतामा मोल्दोभाको अस्तित्व कायम रहन कठिन बन्दै गएको भन्दै उनले रोमानियामा बिलय गराउने पक्षमा आफूले मतदान गर्ने बताएकी हुन् । उनले आफ्नो मुलुक रुसी ‘हाइब्रिड युद्ध’ को निशानामा परेको पनि आरोप लगाइन् ।

हाल पूर्वी मोल्दोभाको ट्रान्सनिस्ट्रिया नामक क्षेत्रमा स्वघोषित सरकार छ, जहाँ अन्तर्राष्ट्रिय मान्यता नपाएको रुस समर्थित सरकारले शासन चलाइरहेको छ ।

‘यदी जनमत सङ्ग्रह भयो भने मैले रोमानियासँग पुनरेकीकरणको पक्षमा मत दिनेछु ।’ बेलायती पडकास्ट द रेस्ट इज पोलिटिक्ससँगको कुराकानीमा उनले भनिन् ।

मोल्दोभालाई युरोपेली युनियन ईयूमा आबद्ध गर्ने विषयमा सन् २०२४ मा जनमत सङ्ग्रह आयोजना गरिएको थियो । उक्त जनमत सङ्ग्रहमा सहभागी ५०.४ प्रतिशतको झिनो अन्तरले ईयू समर्थक पक्ष विजयी भएको थियो ।

रुस समर्थक उम्मेदवारलाई पराजित गर्दै सन्दुले ५५ प्रतिशत मतसहित राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ०३ बजे

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम