काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने रणनीति अपनाएको बताएकी छन्।
पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा नेत्री कोइरालाले पटक-पटक कांग्रेस विभाजनको पीडा आफूहरूले भोगेको बताउँदै कुनै पनि हालतमा पार्टी फुट्न नदिने रणनीतिमा रहेको बताइन्।
‘कांग्रेस विभाजनको पीडा पटकपटक हामीले भोगिरहेका छौं कुनै पनि हालतमा पार्टी विभाजन हुन दिने छैनौँ। यसको मूल्य निकै महँगो हुनेछ’। उनले भनिन्, ‘शेखर कोइराला दाइ लगायत हामी बसेर पार्टी फुट्न नदिने रणनीतिका विषयमा कुराकानी गरिरहेका छौं । कुनै पनि हालतमा फुट्न दिँदैनौँ।’













प्रतिक्रिया