भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु « Khabarhub

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन गर्ने कुराबाट आफू टाढा रहेको बताएका छन्। 

विशेष महाधिवेशन पक्षबाट आफू नहटेको बताएका उनी अहिले संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन् । उनले पार्टीलाई जोगाउन सबै पक्षलाई मिलाउन खोजिरहेको उनले बताएका छन्।

कांग्रेस विशेष महाधिवेशन पक्षमा रहेका नेता उनी पछि हटेको चर्चाबीच खबरहबसँगको कुराकानीमा कांग्रेस विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । 

‘विशेष महाधिवेशनलाई सेफ ल्यान्डिङ गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो कुरा हो। सबैलाई मिलाउने कुरा भइरहेको छ। विशेष महाधिवेशनको पक्षबाट म हटेको छैन। तर पार्टी विभाजन हुन्छ भने त्यसलाई मेरो स्वीकार्य छैन’, उनले भने, ‘म त पार्टी मिलेर अगाडि बढ्नुपर्छ, सर्वसम्मत हुनुपर्छ भन्ने पक्षमा छु। सहमतिको बिन्दुबारे छलफल गरिरहेका छौँ । विशेष महाधिवेशन पक्षबाट पछि हटेको कुरा विश्वास गर्दिनँ, मिलाउने प्रयत्नमा छु।’

उनीसँगै डा. शेखर कोइरालानिकट नेता सुनील शर्मा पनि विशेष महाधिवेशनस्थलबाट बाहिरिएका छन् । उनले उद्घाटन सभामा सहभागी भएर सभापति शेरबहादुर देउवाबारे आपत्तिजनक मन्तव्य दिएका थिए ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेर उम्मेदवारका लागि मनोनयन पत्र वितरण थालेसँगै दुई नेता त्यहाँबाट बाहिरिएका थिए।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २१ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध