चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट « Khabarhub

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल राष्ट्र बैंकले गरेको विशेष अध्ययनले ५२.७ प्रतिशत उद्योगको व्यावसायिक कार्यसम्पादन खस्कँदै गएको देखाएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका लघु, साना तथा मझौला उद्यमहरू चितवन र मकवानपुर जिल्लामा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले गरेको एक विशेष अध्ययन अनुसार सर्वेक्षण गरिएका ३२१ उद्योगमध्ये ५२.७ प्रतिशतको कारोबारमा गिरावट आएको छ  । 

अध्ययनका अनुसार २९ प्रतिशत उद्योगको कारोबारमा उच्च गिरावट र २३.७ प्रतिशतमा सामान्य गिरावट देखिएको छ २५, ३५ । बाँकीमध्ये २०.३ प्रतिशतको अवस्था स्थिर छ भने केबल २७.१ प्रतिशत उद्योगले मात्र आफ्नो कारोबार वृद्धि भएको बताएका छन् ।

क्षमताको आधा मात्र उपयोग, नाफा न्यून

अध्ययनले यी उद्योगहरूले आफ्नो कुल क्षमताको औसत ५०.७ प्रतिशत मात्र उपयोग गरिरहेको देखाएको छ । उद्योगहरूको औसत लगानी प्रतिफल ११.७ प्रतिशत रहेको छ । तथ्यांक अनुसार यी उद्योगहरूको वार्षिक औसत बिक्री ४० लाख रुपैयाँ, चुक्ता पुँजी २५ लाख रुपैयाँ र कुल स्थिर पुँजी ५० लाख रुपैयाँ रहेको पाइएको छ ।

अध्ययनले सरकार र केन्द्रीय बैंकका प्रोत्साहन कार्यक्रमहरूप्रति उद्योगीहरूको ठूलो असन्तुष्टि उजागर गरेको छ । ८२.१ प्रतिशत उद्योगीले सरकारी तथा केन्द्रीय बैंकका सहयोग कार्यक्रमहरू ‘खराब’ वा ‘अति खराब’ रहेको बताएका छन् ।

उद्योगीहरूले सो क्षेत्रमा केही मुख्य समस्या रहेको औँल्याएका छन् । जसमा औद्योगिक क्षेत्रमा रहेको श्रम वातावरणप्रति ५५.५ प्रतिशत उद्योगी असन्तुष्ट छन् । ४४.६ प्रतिशतले कर्जा सुविधालाई कमजोर मानेका छन्, जसमा ४३.३ प्रतिशतले चर्को ब्याजदरलाई मुख्य समस्या बताएका छन् ।

त्यस्तै, ४३।१ प्रतिशत उद्योगी वर्तमान कर प्रणाली र करको दरप्रति असन्तुष्ट देखिएका छन् भने ३२.१ प्रतिशत उद्योगीले प्रशासनिक प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका छन् ।

अस्थिरता मुख्य बाधक, महिला नेतृत्व सफल

आर्थिक र राजनीतिक अस्थिरतालाई उद्योगको कार्यसम्पादन घटाउने मुख्य नकारात्मक कारकका रूपमा पहिचान गरिएको छ । तर, अध्ययनले एउटा सकारात्मक पक्ष पनि देखाएको छ । पुरुषको तुलनामा महिला व्यवस्थापक भएका उद्योगहरूको कार्यसम्पादन उच्च पाइएको छ । त्यस्तै, सडक र सञ्चार जस्ता पूर्वाधारको अवस्थालाई ५१.९ प्रतिशत उद्योगीले ’राम्रो’ मानेका छन् ।

राष्ट्र बैंकको अध्ययनले उद्योगहरूको अवस्था सुधार गर्न केही महत्वपूर्ण सुझाव दिएको छ । 

– डिजिटलीकरण र प्रक्रियागत सरलीकरणः प्रशासनिक र कर प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने ।

– आर्थिक र राजनीतिक स्थिरताः लगानीकर्ताको मनोबल बढाउन नीतिगत स्थिरता कायम गर्नुपर्ने ।

– सहुलियतपूर्ण कर्जाः नवीन वित्तीय सेवा र सहुलियतपूर्ण ब्याजदरमार्फत कर्जाको पहुँच बढाउनुपर्ने ।

– क्षमता विकासः प्रविधि अपनाउन र कर्मचारीको सीप वृद्धि गर्न विशेष तालिमका कार्यक्रम ल्याउनुपर्ने ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ११ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै