ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह  « Khabarhub

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ । मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ ।  

पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ । जहाँ आर्च, कलात्मक करिडोर, लाइम-वाश गरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ, जसले मेक्सिको र ल्याटिन अमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ। चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले पुरै स्थानलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको होटलको दाबी छ।

होटलका अनुसार यस स्थानमा कलाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । मेक्सिकन कलाकार ब्रेन्डा रोआद्वारा सिर्जित एल सोल वाई एल एभ शीर्षकको विशेष कलाकृति यहाँ राखिएको छ, जसले यस स्थानमा सांस्कृतिक गहिराइ थप्दै ला आसिएन्दालाई रेस्टुरेन्टभन्दा माथि एउटा बेग्लै पहिचान दिन्छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ०३ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको