ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह  « Khabarhub

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ । मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ ।  

पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ । जहाँ आर्च, कलात्मक करिडोर, लाइम-वाश गरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ, जसले मेक्सिको र ल्याटिन अमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ। चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले पुरै स्थानलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको होटलको दाबी छ।

होटलका अनुसार यस स्थानमा कलाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । मेक्सिकन कलाकार ब्रेन्डा रोआद्वारा सिर्जित एल सोल वाई एल एभ शीर्षकको विशेष कलाकृति यहाँ राखिएको छ, जसले यस स्थानमा सांस्कृतिक गहिराइ थप्दै ला आसिएन्दालाई रेस्टुरेन्टभन्दा माथि एउटा बेग्लै पहिचान दिन्छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ०३ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा